श्यामले जिते दोस्रो मुस्ताङ गल्फ च्यालेञ्जको उपाधि – Nepal Press

श्यामले जिते दोस्रो मुस्ताङ गल्फ च्यालेञ्जको उपाधि

लोमान्थाङ । दोस्रो मुस्ताङ गल्फ च्यालेन्जको उपाधी डिफेण्डिङ च्याम्पियन श्याम तामाङले जितेका छन् । ९ होल ३६ पारमा भएको खेल श्यामले एक अण्डर १९ अंकका साथ उपाधि जितेका हुन् ।

सर्वाधिक उचाई ४६४५ मिटरमा शनिबार भएको खेलमा पोखरेली गल्फर लिलाजंग गुरुङ दोस्रो भएका छन् । उनले लेवलपार १८ अंक जोडे ।

प्रतियोगितामा महिलातर्फ पोखरकै जुनी गुरुङ विजयी भएकी छिन् । उनले १५ स्कोर गर्दा काठमाडौंकी गल्फर सुस्मा सिंह १३ अंकका साथ दोस्रो भइन् । रविन राना ग्रस च्याम्पियन भएका छन् । समान अंक जोडेका याम राना र पीवी राईलाई ब्याक काउण्टमा रवीनले हराएका हुन् ।

तीनैजनाले ११ अंक जोडेकोमा अन्तिम होलमा रविनले २ अंक जोडेपछि उपाधीको छिनोफानो भएको हो ।

सर्वाधिक बर्डीजको उपाधि आत्मराम सिंखडाले जिते भने लंगेष्ट ड्राइभ माधव सिंखडाले हिर्काए । सिनियर तर्फको पुरस्कार भने पोखराका बलराम थापाले पाए । ६१ वर्षका थापाले १६ स्कोर गरेका थिए । उनी गतवर्षको उपविजेता हुन् ।

४ हजार ६ सय ४५ मिटरको उचाईको कोर्षमा भएको प्रतिस्पर्धामा तामाङले ९ होलमा १९ स्कोर बनाए । उनले एक अण्डर खेल्दै उपाधि उचाल्दा पोखराका लिलाजंग भने १८ अंकसहित दोस्रो स्थानमा चित्त बुझाए । लिलाजंगले लेभलपार १८ को स्कोर बनाएका थिए ।

२४ पुरुष गल्फर सहभागिता रहेको प्रतिस्पर्धाको ग्रस तर्फ रविन राना च्याम्पियन बने । उनले पोखराका याम रानालाई पछाडि पारे ।
क्लोजेष्ट टु दी पीन मेजर विजय लामाले पाए । होल इन वान कसैले पनि जित्न सकेन । होल इन वानका लागि घोडा र ५० कार्टुन स्याउ पुरस्कार राखिएको थियो ।

२४ पुरुष र ४ महिला गरी २८ गल्फर सहभागी खेल स्टेवल फोर्ड फम्र्याटमा खेलाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *