ईसेवा मनि ट्रान्स्फरमा एक जनालाई काठमाडौंमा घर जित्ने मौका – Nepal Press

ईसेवा मनि ट्रान्स्फरमा एक जनालाई काठमाडौंमा घर जित्ने मौका

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउने एक जनालाई काठमाडौंमा घर दिने योजना सार्वजनिक गरेको छ ।

ईसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिदै फेरी काठमाडौँमा घर जित्ने योजना सार्वजनिक गरेको छ ।

आज देखि सुरु भएको अभियान आगामी वर्ष २०८१ असार ३१, सम्म जारी रहनेछ । १० महिने यस अभियानमा अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल र बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने अभिप्रायका साथ अभियान सुरु गरिएको हो कम्पनीले जनाएको छ ।

अभियानबारे बोल्द एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, ‘योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो । प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं । साथै ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइनेछ । यसबाहेक, हामीलाई थाहा छ रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्वपूर्ण हिस्सा पनि हो । यो योजना मार्फत, हाम्रो उद्देश्य नेपाली नागरिकको आकांक्षा पूरा गर्ने हो जसले आफ्नो परिवारमा खुशी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्याउन लगनशील भई काम गरिरहेको छ ।’

त्यस्तै, एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले भने, ‘ईसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ । यस योजना अन्तर्गत, विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीहरूलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु ।’

त्यसैगरी, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यम बाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए । ‘यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर