विद्यालय बन्दको घाेषणा स्थगित गरी वार्तामा आउन शिक्षक महासंघलाई सरकारको आह्वान – Nepal Press

विद्यालय बन्दको घाेषणा स्थगित गरी वार्तामा आउन शिक्षक महासंघलाई सरकारको आह्वान

काठमाडौं । सरकारले संसदमा पेश भएको शिक्षा विधेयक, २०८० प्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको शिक्षक महासंघलाई वार्तामा बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भगवान अर्यालले महासंघलाई मन्त्री अशोक राईको संयोजकत्वमा वार्तामा सामेल हुन विज्ञप्तिमार्फत आह्वान गरेका छन् ।

महासंघले उठाएका कतिपय मागहरु विधेयकमा समावेश गरिएको विज्ञप्तिमा दाबी गरिएको छ भने कतिपय मागहरु विधयेक पारित भएपछि नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको बताउँदै महासंघलाई वार्ताका लागि बोलाइएको हो ।

‘महासंघले संविधान दिवसका दिनबाट घोषणा गरेका विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मंगलबार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासंघलाई हार्दिक आग्रह गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा विधेयकप्रति असुन्तुष्टी जनाउँदै महासंघले संविधान दिवसदेखि देशभरका विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर