गणेशमानका छोरा प्रकाशमान भन्छन्- उहाँले देखाएको बाटोमा हिँडे जनताले सुख र देश समृद्धि पाउँछ – Nepal Press

गणेशमानका छोरा प्रकाशमान भन्छन्- उहाँले देखाएको बाटोमा हिँडे जनताले सुख र देश समृद्धि पाउँछ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहले देखाएको आदर्शलाई पछ्याउन जरुरी रहेको बताएका छन्।

गणेशमान सिंहको २६ औँ स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गणेशमानले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताए।

अहिले पनि सबै राजनीतिक दलहरुबीच एकता र सहकार्य आवश्यक रहेको सुनाए। गणेशमानको नेतृत्वदायी संघर्षले १७ सालमा गुमेको प्रजातन्त्र फर्काएको र कम्युनिष्टहरुसँग कार्यगत एकता गरी २०४६ सालको जनआन्दोलन सफल पारेको स्मरण समेत गरे।

२०४६ सालको जनआन्दोलन सफल भएपछि राजा वीरेन्द्रले दरबारमा बोलाएर प्रधानमन्त्री बन्न प्रस्ताव राख्दा गणेशमान सिंहले आफू प्रधानमन्त्री नबनेर कृष्णप्रसाद भट्टराईलाई अघि सारेको समेत स्मरण गरे।

गणेशमानले देशमा विधिको शासन हुनुपर्छ भन्नेमा जोड दिएको समेत बताए।

उनले भने, ‘अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धि उल्टाउने षडयन्त्र भइरहेको छ । कठोर संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य आवश्यक छ। संघीयता र गणतन्त्र सहितको अहिलेको संविधान असफल बनाउने चलखेल भएपछि कांग्रेस र माओवादी केन्द्र लगायत दलहरूको गठबन्धन बनाउनुपरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर