रोयल इनफिल्ड वान राइड २०२३ सम्पन्न – Nepal Press

रोयल इनफिल्ड वान राइड २०२३ सम्पन्न

काठमाडौं । मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’ को आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राईड २०२३’ सम्पन्न गरेको छ ।

आइतबार रोयल इनफिल्ड सोरुम नक्सालबाट सुरु भएर लाकुरे सम्मकोयात्रपछि राइड २०२३ समापन भएको हो । विश्वभर एकै दिन आयोजना गरिएको ‘वान राईड २०२३’ ‘वान मिसन वल्र्ड/ वान वल्र्ड/ वानराईड’ नाराका साथ सुरु भएको थियो ।

ग्रामिण भेगमा पुगेर आन्तरिक पर्यटनमा मद्धत गर्ने तथा समुदायमा सहयोग गर्न लाकुरेमा रहेको श्री बासुकी मा.वि आधारभुत विद्यालयका सबै विद्यार्थीहरुलाई खेलकुद, म्युजिकल इन्टुमेन्ट र नगद सहयोग वितरण गरिएको थियो ।

लाकुरेका वडा अध्यक्ष, बिद्यालयका प्रध्यानाधापक, लाकुरेका समाजसेबी, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधी, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारीको सहभागीमा साम्रगी हस्तान्तरण गरिएको थियो । राइडले सडक सुरक्षाकामा जनचेतना जगाउँदै काठमाडौं लगायत १३ शहरमा एकैसाथ राइडमा सहभागीहरुलाई जोडेको थियो ।

वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक ३५० तथा मेटीअर ३५०, हिमालयन ‘स्क्रिम ४११, हण्टर ३५०’ मोटरसाइकलका साथै १०० भन्दा धेरै सहभागी भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर