संविधान दिवसको अवसरमा अन्तरबैंक फुटसल प्रतियोगिता हुने
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तरबैंक फुटसल टुर्नामेन्ट हुने भएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते सुरु हुने प्रतियोगिता ६ गतेसम्म चल्नेछ ।
काठमाडौंको धन्वन्तरी फुटसल हब, हाडीगाउँमा हुने प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष र २० वटा महिला टीम सहभागी हुनेछन् ।
‘सवल संस्थाका लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता हुन लागेको हो । यसको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । सहप्रायोजकमा माछापुच्छ्रे , लक्ष्मी सनराइज, ग्लोबल आईएमई, एनआईसी एसिया, नबिल, प्रभु, हिमालयन, मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्स लिमिटेट रहेका छन् ।
प्रतियोगिताका लागि ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले मेडिकल सपोर्ट उपलब्ध गराउने छ । कर्मचारी संघ बालुवाटार समितिका अध्यक्ष प्रकाश पोख्रेलले जारी गरेको विज्ञप्तिअनुसार क्वाटरफाइनलदेखिका खेलहरु गोल नेपाल डट कमबाट प्रत्यक्ष प्रशारण हुनेछन् ।