इलाम पुगेर नेम्वाङका छोरा सुहाङले भने- बुबाका अधुरो काम पूरा गर्न पार्टीसँग हातेमालो गर्छु (भिडिओ) – Nepal Press

इलाम पुगेर नेम्वाङका छोरा सुहाङले भने- बुबाका अधुरो काम पूरा गर्न पार्टीसँग हातेमालो गर्छु (भिडिओ)

काठमाडौं । नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा सुहाङले बुबाको अधुरो काम पूरा गर्न आफू पार्टीसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । इलाममा आयोजित शोकसभालाई सम्बोधन गर्दै आफू बुबासँग राजनीतिक परिवेशमा हुर्किए पनि राजनीतिमा सक्रिय नभएको बताए ।

उनले भने, ‘म राजनीतिक परिवेशमा हुर्किएको हुँ । तर, म कदापी ठान्दिनँ राजनीतिक परिवारमा हुर्कियो भन्दैमा उसैले अवसर पाउनुपर्छ । तर, राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि बुवाको सपना, पूरा गर्नुपर्ने कामहरू सामाजिक र कानूनी हिसाबले तपाईंहरूसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छु ।’

उनले जिल्लाको विकास र जनसेवाको काम आफ्नो ठाउँबाट सक्दो गर्ने बताए । आफूलाई काम गर्नको लागि सबैसँग सहयोग र सल्लाहका लागि उनले आग्रहसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर