च्याम्पियन्स लिगको पहिलो खेलमा एमबाप्पे, अल्भारेज र फेलिक्सको गोल
नेपाल प्रेस
२०८० असोज ३ गते ७:२९
लन्डन। युरोपियन च्याम्पियन्स लिगमा साबिक विजेता म्यानचेस्टर सिटीसहित बार्सिलोना र पीएसजीले विजयी सुरुवात गरेका छन् ।
समूहको आ-आफ्नो पहिलो खेलमा मङ्गलवार राती बार्सिलोनाले एन्टवर्पलाई ५-०, म्यानचेस्टर सिटीले क्रेभेना जेभेदालाई ३-१ र पीएसजीले बोरुस्सिया डर्टमुन्डलाई २-० गोलले हरायो ।
बार्सिलोनाको जितमा जोवा फेलिक्सले २ तथा गावी र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे । एक गोल आत्मघातीबापत भएको थियो । यता जेभेदाविरुद्ध म्यान सिटीका लागि जुलियान अल्भारेजले दुई र रोड्रीले एक गोल गरे ।
केलियन एमबाप्पे र हाकिमीको गोलम पीएसजीले विजयी सुरुवात गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर