सोनापुरको शेयर बाँडफाँट – Nepal Press

सोनापुरको शेयर बाँडफाँट

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड (सोनापुर सिमेन्ट) ले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ।

बिक्री प्रबन्धक रहेको एनआईएमबी क्यापिटलले सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको जारी पूँजी तीन अर्ब सात करोड पचास लाख पचास हजार रुपैयाँमा सर्वसाधारणलाई छुट्टयाईएको शेयर मध्ये १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता साधारण शेयर प्रति शेयर एक सय अङ्कित दरमा प्रिमियम एक सय ३७.५८ थप गरी दुई सय ३७.५८ को दरमा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याइएको बाडँफाँड गरेको हो ।

क्यापिटका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिने न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने १० हजार ५९१ जना आवेदकलाई माग बमोेजिमका २ लाख ४६ हजार ६० कित्ता तथा ५० देखि ३ जहार कित्ता सम्म माग गर्ने १९ हजार ७५७ जना आवेदकहरुलाई ४० कित्ताका दरले ७ लाख ९० हजार २८० कित्ता गरी कुल १० लाख ३६ हजार ३४० कित्ता बाँडफाँड गरिएको हो ।

बाँडफाँड पश्चात् बाँकी रहन गएको १ लाख ८० हजार २२८ कित्ताको हकमा ५० देखि ३ हजार कित्ता सम्म माग गर्ने १९ हजार ७५७ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुने भएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि ३ हजार कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८ हजार २२ जना सफल आवेदक छनोट गरी १ लाख ८० हजार २२० कित्ता बाँडफाँड गरिएको हो ।

बाँडफाँड पश्चात् बाँकी रहन गएको ८ कित्ता शेयरको हकमा ६० देखि ३ हजार कित्ता सम्म मागगर्ने ११ हजार ४१८ जना आवेदकहरु मध्ये १ जना आवेदकले ८ कित्ता पाउने गरी पुनः गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको क्यापिटटलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर