शिक्षक आन्दोलनले केही संसदीय समिति बैठक स्थगित (भिडिओ)
नेपाल प्रेस
२०८० असोज ४ गते १३:१८
काठमाडौं । गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केही संसदीय समिति बैठक स्थगित भएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ र अन्तराष्ट्रिय समिति बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । शिक्षकहरूको आन्दोलनका कारण यातायात क्षेत्र अस्तव्यस्त भएपछि सांसदहरू समयमा नै समितिमा आउन नसकेका हुन् ।
विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्र अस्तव्यस्त भएको छ । स्थगित समितिको बैठक अर्को मितिमा बस्ने संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया