हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट – Nepal Press

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकलाई देशका १६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले सम्पूर्ण ग्राहकलाई काठमाडौं, पोखरा, चितवनलगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको हो ।

छुट व्यवस्थाअनुसार बैंकका ग्राहकले होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक र एडभेन्चर टुरिजम स्थानमा वस्तु खरिद र सेवा शुल्कमा अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकको ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानबाट निर्धारित छुट पाइने बैंकले जनाएको छ ।

ग्राहकहरुले छुट पाउने स्थान, प्रतिशत तथा सामग्रीहरुको बारेमा विस्तृत जानकारीको लागि बैंकको अधिकारिक वेबसाइटमा गई हेर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर