१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे आयल निगमले कारबाही गर्ने – Nepal Press

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे आयल निगमले कारबाही गर्ने

काठमाडौं । नेपाल आयल निगमले १४.२ केजी बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गरेमा कारवाही गर्ने भएको छ ।

ग्यास उद्योगहरुले १४.२ केजी क्षमताभन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिण्डरमा एलपी ग्यास बिक्री वितरण गरेको पाइएको भन्दै निगमले उक्त विक्री वितरण कार्य तुरुन्त बन्द गर्न भनेको हो ।

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिम कारबाही हुने निगमले जनाएको छ ।

निगमका अनुसार ग्यास उद्योगले बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति मागे पनि ‘एलपी ग्यास विनियमावली २०६५’ अनुसार दिन नसकिने जानकारी गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर