बिर्तामोडमा भाटभटेनी खोलेकोमा मिनबहादुरलाई ओलीको ढाडस, विशाल भट्टराइलाई गरिदिए ५ हजारको सपिङ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी मिनबहादुर गुरुङलाई झापाको बिर्तामोडमा भाटभटेनी खोलेकोमा बधाई दिएका छन् । ओलीले गृहजिल्ला पुगेर बिर्तामोडमा आजैदेखि सञ्चालनमा आएको भाटभटेनीमा सपिङ गर्दै गुरुङलाई ढाडस पनि दिएका हुन् ।
झापामा पहिलोपटक सञ्चालनमा आएको भाटभटेनी सुपरस्टोरमा ओलीले एमालेका पोलिटब्यूरो सदस्य एवम् झापाका इन्चार्ज विशाल भट्टराईका लागि सर्ट, पाइन्ट र पेटी किनिदिएका थिए । उनले ५ हजार रुपैयाँको सपिङ गरेका थिए ।
ओलीलाई भाटभटेनीमा गुरुङ दम्पतीले स्वागत गरेका थिए ।
देशभर लोकप्रिय रहेको भाटभटेनी सुपरस्टोरले झापामा पनि सफलता पाउने भन्दै ओलीले गुरुङले बधाइ दिएका थिए ।
गुरुङलाई ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी नियन्त्रणमा लिएपछि व्यवसायीहरुलाई सरकारले आतंकित बनाएको ओलीले बताउँदै आएका थिए । दोषीलाई कारबाही गर्नुपर्ने तर कुनै प्रभाव र दबाबले व्यवसायीहरुलाई आतंकित बनाउन नहुने ओलीको तर्क थियो ।
यसैबीच ओलीले झापामा आफ्ना बुबालगायत अन्य पारिवारिक सदस्यहरुसँग पनि भेटघाट गरेका छन् ।
तस्बिरहरु : राजन काफ्ले/ओलीको सचिवालय
मीन बहादुरलाई होईन स्वदेशी व्यवसायी, भारत र विदेशमा गैर कानूनी खाता खोलेर अवैध कमाई नगर्ने व्यापारीलाई माया गरेका हुन् ओलिले। दिल्लीका टट्टुहरू उसको निर्देशनमा यस्ता व्यापारीहरू सखाप पार्न लागेका छन् । जनताले दिल्लीका टट्टु र त्यसका नाईकेलाई चिन्नु पर्छ ।
यो देशको मुख्य भ्रस्टचारी नै के पी हो