बागमतीमा डाक्टर तथा नर्सिङ पढाउने कलेजको शुल्क तोक्दै प्रदेश सरकार – Nepal Press

बागमतीमा डाक्टर तथा नर्सिङ पढाउने कलेजको शुल्क तोक्दै प्रदेश सरकार

हेटौँडा । स्वास्थ्य क्षेत्रको शिक्षा अत्यन्तै महँगो भएको भन्दै बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका स्वास्थ्य क्षेत्रको एमबिबिएस तथा नर्सिङ पढाई हुने कलेजको शुल्क निर्धारण गर्ने भएको छ ।

अत्यन्तै महँगो शुल्क तिरेर डाक्टर तथा नर्स बन्नुपर्ने बाध्यताको कारण उनीहरू लगानी उठाउनैको लागि भए पनि विदेश जानुपर्ने बाध्यताको सृजना भएको भन्दै प्रदेश सरकारले महँगो शुल्कलाई घटाउने तयारी गरेको हो ।

एउटा डाक्टर पढ्नको लागि घरबारीनै बेच्नुपर्ने रु एउटा नर्स बन्न बिसौँ लाख खर्च गर्नुपर्ने पनि हुन्छ रु यो त अति भएन र रु बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाल प्रेससँग भने ।

जथाभाबी शुल्क लिएर कलेजहरूले डाक्टर र नर्स पढेकाहरूलाई अनिवार्य रूपमा विदेश जा भनेर प्रमाणपत्र दिइरहेका छन्, यसले देशको स्वास्थ्य क्षेत्रलाई गम्भीर असर पुगिरहेको छ, यो अवस्थालाई रोक्नको लागि पनि अब बागमती प्रदेश सरकारले एउटा सुहाउँदो मूल्य निर्धारण गर्ने तयारी गरेको उनले बताए ।

सरकारले एउटा नियम बनाएर स्वास्थ्य क्षेत्रको शिक्षामा भएको शुल्क वृद्धिलाई नियन्त्रणमा लिन सकेन भने कुनै गरिबको छोराछोरीले डाक्टर र नर्स बन्ने सपना समेत देख्न सहज नहुने अवस्था रहेको भन्दै उनले शिक्षा क्षेत्रमा देखिएको यस्ता खाले समस्यालाई तत्काल समाधान गर्न प्रदेश सरकार लागि परेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *