सरकारले थप समय मागेपछि सर्‍यो शिक्षकहरूसँगको वार्ता (भिडिओ) – Nepal Press

सरकारले थप समय मागेपछि सर्‍यो शिक्षकहरूसँगको वार्ता (भिडिओ)

काठमाडौं । सरकारले आन्तरिक छलफलका लागि थप समय मागेपछि आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सरेको छ ।

आज बिहान वार्तामा बस्ने हिजो सहमति भए पनि सरकारी अधिकारीहरू आन्तरिक छलफलमा जुटेपछि बैठक सरेको हो ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले सरकारले समय मागेपछि आफूहरुपनि आन्तरिक छलफल गर्ने बताए।

वार्ताकाे समय तय भएको छैन । तर साढे ११ बजेसम्म सुरु हुनसक्ने सुवेदीले बताए ।

आजै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनरजा गुरुङ, शिक्षामन्त्री अशोक राई र सञ्चारमन्त्री रेखा शर्माले आन्तरिक छलफल गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *