यी हुन् नेपालबाट यो वर्ष सर्वाधिक खोजिएका शीर्ष पाँच विषय
काठमाडौं। सर्वाधिक लोकप्रिय सर्च इन्जिन गुगलमा यो वर्ष नेपाली प्रयोगकर्ताले ‘कोरोनाभाइरस’ सबैभन्दा धेरै खोजेका छन् ।
ट्रेन्ड्स डट गुगलको तथ्याङ्कअनुसार यो वर्ष नेपालमा सर्वाधिक कोभिड-१९ (कोरोनाभाइरस) खोजिएको हो । विश्वभरका प्रयोगकर्ताको सर्वेक्षणमा पनि सर्वाधिक खोजिएको विषय कोरोनाभाइरस नै पाइएको थियो ।
त्यस्तै कोरोनाभाइरस सम्बन्धी प्रत्यक्ष डेटा दिने वेबसाइट ‘वर्ल्डोमिटर’ वेबसाइट नेपालबाट दोस्रो सर्वाधिक धेरै खोजिएको विषय बनेको छ । त्यस्तै तेस्रो स्थानमा पनि कोभिड-१९ सँगै सम्बन्धित ‘कोरोनाभाइरस डिजिज २०१९’ खोजिएको छ । चौथो स्थानमा पनि कोरोना महामारीले निम्त्याएको ‘लकडाउन’ नै छ ।
पाँचौं स्थानमा भने यी सबैभन्दा फरक विषय खोजिएको छ । यो वर्षभरि अर्थात् २०२० मा नेपालका गुगलको सर्च इन्जिन प्रयोगकर्ताले ‘२०७७’ पाँचौं सर्वाधिक पटक खोजेका छन् ।