क्यान अध्यक्षमा चतुर सर्वसम्मत, भरिसकेको फारम च्याते विनयले
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा हालका अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने निश्चित भएको छ । अध्यक्षमा उनको मात्रै मनोनयन दर्ता भएपछि सर्वसम्मत निर्वाचित हुने देखिएकाे हाे ।
चन्दलाई अध्यक्षमा बर्दियाका विनय राजभण्डारीले चुनौति दिने तयारी गरेका थिए । उनले आज मनोनयनको फारम पनि भरिसकेका थिए ।
तर, आफ्नो निर्णयबाट पछि हट्दै उनले मनोनयन दर्ता गरेनन् । भरिसकेको फारम च्यातेर उनले चन्दलाई नै समर्थन गर्ने भएका छन् ।
राजभण्डारीलाई चन्दले के आश्वासन दिएर ब्याक गराए भन्ने खुलिसकको छैन ।
मनाेनयनका लागि पाैने ११ बजेसम्मकाे समय छ । अहिलेसम्म अरू कसैले अध्यक्षमा उम्मेदवारी दिने गरी चहलपहल गरेकाे छैन ।