क्यान मतगणना जारी : केन्द्रीय सदस्यमा दुर्गा पाठक अगाडि, अहिलेसम्म कसलाई कति मत ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । एक सचिव र १० केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो ।
अहिलेसम्म २५ मतको गणना सकिँदा सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुले हाराहारी मत ल्याइरहेका छन् ।
केन्द्रीय सदस्यमा खुलातर्फ क्यानका प्रवक्ता दुर्गाराज पाठक अगाडि देखिएका छन् । अहिलेसम्म उनलाई सर्वाधिक १९ मत आएको छ । दोस्रोमा आयुष श्रेष्ठले १७ र धीरेन्द्र साउदले १४ भोट ल्याएका छन् । खुल्लामा ५ केन्द्रीय सदस्यका लागि मतदान भएको हो ।
प्रदेशतर्फ सात जना निर्वाचित हुनेछन् ।
सचिव
१ प्रशान्त विक्रम मल्ल १२
२ पारश खडका १३
कोशी
१ अर्जुन पौडेल १६
२ सुनिल कुमार पौडेल ८
मधेश
१ माधव कुमार कर्माचार्य १४
२ मोहम्मद दाउद अन्सारी ११
बागमती
१ दिवाकर घले १२
२ सुदिप पिया ११
गण्डकी
१ देवेन्द्र प्रजु ९
२ सुदिप शर्मा १५
सुदूरपश्चिम
१ विक्रम विष्ट १२
२ हरि रेग्मी १२
खु्ला सदस्य
१ धिरेन्द्र सावद १४
२ नरेश राणा ४
३ कृष्ण प्रसाद श्रेष्ठ ९
४ बिरेन्द्र बहादुर चन्द ७
५ सुनिल कार्की ४
६ कैलाश विष्ट ५
७ सुनिल सिंह हमाल ७
८ आयुष श्रेष्ठ १७
९ प्रकाश गैरे २
१० प्रकाश पौडेल ७
११ करन महत्रा क्षेत्री ६
१२ ऋषिराम गौतम ६
१३ दुर्गाराज पाठक १९