अरनिको यातायातले १० कराेड खर्चिएको बसपार्क सञ्चालनमा महानगर तगारो, प्रदेश सरकार गुहार्ने तयारी (भिडिओ) – Nepal Press

अरनिको यातायातले १० कराेड खर्चिएको बसपार्क सञ्चालनमा महानगर तगारो, प्रदेश सरकार गुहार्ने तयारी (भिडिओ)

दशैं अगाडि सञ्चालनको तयारी

सिन्धुपाल्चोक । पूर्व अरनिको यातयात प्रा.लिले आफ्नै लगानीमा काठमाडौ महानगरपालिका-३२ वडाको जडिबुटीमा सुविधा सम्पन्न बसपार्क निर्माण सम्पन्न गरेको छ । व्यक्तिगत जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रा.लि दर्ता गरेर पूर्व अरनिको यातयात प्रा.लिले झण्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क निर्माण सम्पन्न गरेको हो ।

जडिबुटीमा निर्माण सम्पन्न गरेको बसपार्क दशैं अगाडिबाट सञ्चालन ल्याउने गरेर तयारी गरिएको पूर्व अरनिको यातायात प्रा.लिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । ‘बसपार्क सबै तयार भयो, केही पूर्वाधारको काम मात्रै बाँकी छ, हामी दशैं अगाडिदेखि नै बसपार्क सञ्चालन गर्ने योजनामा छौं’ क्षेत्रीले भने ।

जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर पूर्व अरनिको यातायता प्रा.लिले बसपार्क निर्माण गरेको छ । लामो समयदेखि बसपार्क नहुँदा राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुङ्गा लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधन र त्यसमा यात्र गर्ने यात्रीहरु समस्यामा थिए । यसअघि पुरानो बसपार्कमा भएको पार्कमा टावर निर्माण सुरू गरेपछि राजधानीपूर्व सञ्चालन हुने बसहरु यत्रतत्र पार्किङ गर्ने गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौबाट छुट्ने लामो तथा छोटो दुरीका सबै बसहरु अनिवार्य रुपमा गोगंबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरेपनि राजधानी पूर्वका यात्रुहरुका लागि गोङगबु बसपार्क उपयुक्त नहुने भन्दै पूर्व अरनिकोले आफ्नै लगानीमा बसपार्क निर्माण गरेको अध्यक्ष क्षेत्रीले बताए ।

१४ रोपनी जग्गाको भाडा मात्रै मासिक ८ लाख रुपैयाँ तिर्नुपर्ने अध्यक्ष क्षेत्रीले बताए ।

‘हामीले हाम्रो कम्पनीका मात्रै होइन,अरु यातयात कम्पनीका बसहरुलाई पनि यहाँ पार्क गर्ने व्यवस्था मिलाएका छौं’ क्षेत्रीले भने–‘यो बसपार्कमा १ हजार बसहरु पार्क गर्न सकिने छ । ’

महानगरपालिकासँग टसल

काठमाडौ महानगरपालिकाले असार १ गतेदेखि सबै बसहरु अनिवार्य रुपमा गोगंबु बसपार्कबाटै छुट्ने नियम बनाएपछि अरनिको यातायात अन्तर्गत सञ्चालित कुनै पनि बसहरु गोगंबु गएका छैनन् । गोगंबु जाने निर्णय कुनै पनि हिसाबले व्यवहारिक नै छैन,पुर्व अरनिको यातयातका अध्यक्ष क्षेत्री भन्छन्- महानगरले दुःख दिने उद्देश्यले गोगंबु जाने निर्णय गरेको हो ।’

काठमाडौ महानगरपालिकासँग अनुमति लिएर बसपार्क र त्यहाँ अन्य भौतिक निर्माणका लागि अनुमतिका लागि पटक पटक अनुरोध गरेपनि महानगरले वास्ता नगरेको अध्यक्ष क्षेत्रीको आरोप छ ।

‘सुरुमा त मेयर बालेन्द्र शाह आएर बसपार्क निर्माण हुने स्थलको निरीक्षणसमेत गर्नुभएको थियो,बनाउनुहोस भनेर भन्नु भयो तर अहिले अनुमति दिनु भएन’ क्षेत्रीले भने ।

महानगरपालिकाले अनुमति नदिएपछि प्रेसर सिर्जना गर्नका लागि अरनिकोलाई राजधानीपूर्वका जिल्लाका ७० बढी स्थानीय सरकारले जडिबुटीमा नै बसपार्क हुँदा यस क्षेत्रका यात्रीहरुलाई सजिलो हुने भन्दै पत्र पठाएका छन् । महानगरपालिकाले चलाउन अनुमति नदिने बुझेपछि पूर्व अरनिकोले वागमती प्रदेश सरकारबाट बसपार्क चलाउनका लागि अनुमति लिनका लागि बागमती प्रदेशका मन्त्री र सासंदलाई समेत बसपार्कको निरीक्षणसमेत गराइसकेको छ ।

बसपार्क निर्माण सम्पन्न भएपछि केही दिन अगाडि बसपार्क सञ्चालनको विषयमा अरनिकोले मजदुर र व्यावसायीसँग छलफल समेत गरेको थियो ।

महानगरपालिकाले अवरोध गरेर बसपार्क सञ्चालनको लागि सशक्त प्रतिकार गर्ने समेत छलफलमा निष्कर्ष निकालिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

जडिबुटीमा निर्माण सम्पन्न भएको बसपार्क नेपालमा सञ्चालनमा भएका बसपार्क मध्ये सबैभन्दा बढी सुविधासम्पन्न भएको अध्यक्ष क्षेत्रीको दाबी छ । बसपार्कमा सबै जिल्लामा सञ्चालन हुने बसहरुको लागि छुट्टा –छुट्टै टिकट काउण्टरको व्यवस्था गरिएको छ ।

डिजिटल र अनलाई भुक्तानीको समेत हामीले बसपार्कको काउण्टरमा सुविधा राखेका छौ क्षेत्रीले भने, ‘घरमै बसेर पनि यात्रुहरुले आफुलाई मनलागेको बसको टिकट काट्न सक्नुहुने छ ।’

बसपार्क भित्र सुविधा सम्पन्न शौचालय,ध्रुमपान क्षेत्र,होटेल, लज यात्रु प्रतीक्षालय,निःशुल्क इन्टरनेट लगायतका बसपार्कमा सबै सुविधा रहेको छ । बसपार्कमा गाढी भित्रने र बाहिरने स्थलमा डिजिटल प्रणालीको जडान गरिएको अध्यक्ष क्षेत्रीले बताए ।

बसपार्कबाट छुट्ने गाडीहरु मनोहरा खोला माथि रहेको पुलमुनिको वैकल्पिक बाटो हुदै लोकन्थलीको मुख्य सडकमा बसहरु निस्कनेछन् ।‘ हामी जडिबुटी क्षेत्रमा हुदै आएको जामलाई पुरै समाधानका लागि पनि यो बसपार्क निर्माण गरेका छौं अध्यक्ष क्षेत्रीले भने ।

    


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *