नेपाली राजनीतिको चरित्र : जड विचार, भ्रष्ट आचरण
नक्कली भुटानी शरणार्थी, सुन तस्करी र ललिता निवास प्रकरणलगायतका फाइलहरू खोलेर उम्दा कास्टिङबाट प्रस्तुतिको सुरुवात गरेको वर्तमान प्रचण्ड सरकारको फुर्तीफार्ती हेर्दाखेरि राम्रै विजनेस गर्छ कि भन्ने लागेको थियो । सोसल मिडियामा आएका गृहमन्त्री नाराणकाजी श्रेष्ठका ट्रेलरहरू पनि कम चाखलाग्दा थिएनन् । जब सुन प्रकरणमा उनीहरूकै पार्टीका नेताहरू, सहकर्मीहरू, सहयोद्धा कामरेडहरू र परिवारका सदस्यहरू संलग्न भएका तथ्य प्रमाणहरू बाहिर आउन थाले, चित्रपटमा सरकारका दृश्यहरू एकाएक झूर लाग्न थाले । त्यसैले सरकार फ्लप हुन्छ कि भन्ने गाइँगुइँ हल्ला चलिरहेको छ ।
त्यसो त जति बिग्रनु र बिगार्नु थियो पहिला पहिलाकै संयन्त्रहरूले बिगारिसकेका छन् । त्यसो हुनाले नेपालको राजनीति बिग्रिने भयो भन्ने चिन्ता पटक्कै होइन । बरु नसुध्रिने भयो भन्ने चाहिँ हो । किनभने प्रचण्ड प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि उनका सहकर्मी र सहयोद्धाहरूको संयन्त्र सुन तस्करीमा पुनः सक्रिय भएको हो कि भन्ने आशङ्का पैदा भएको छ । अब, त्यो आशङ्का मेट्न हिजोका गल्ती कमजोरीबाट पाठ सिकेर ती संयन्त्रहरू भत्काउने र दोषीलाई कारबाहीको दायरामा ल्याउने काममा प्रचण्ड सरकार कतिको खरो उत्रिन सक्छ ? आउँदा दिनहरूको दृश्यले बताउला । किनभने आउँदा दिनहरूमा सरकारले खेल्ने भूमिका र प्रस्तुतिले नै यो सरकारको भविष्य निर्धारण गर्छ ।
साथीहरू र उनका परिवारका सदस्यहरूको निजी स्वार्थबाट बाहिर निस्किएर, जनक्रान्तिको भावना, देशको हित र जनताको स्वार्थलाई केन्द्रमा राखेर आगामी बाटो तय गर्ने हो भने यो सरकार सुपर डुपर हिट पनि हुनसक्छ । किनभने यो सरकारलाई संसदको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको साथ र सहयोग छ । जुन नेकपा माओवादी केन्द्र र प्रचण्डको लागि ऐतिहासिक अवसर र चुनौती दुबै हो ।
चुनौती यस अर्थमा कि यो अवसर माओवादी नेता तथा कार्यकर्ताहरूले सुन र धन थुपार्ने काममा दुरुपयोग गर्नुहुँदैन । र, आफ्नै सहयोद्धा कामरेडहरू र कर्मचारीतन्त्रको पुरानो भ्रष्ट संयन्त्रलाई भत्काउन त्यत्ति सजिलो पनि छैन ।
अवसर यस अर्थमा कि माओवादी केन्द्रलाई विगतमा भएका गल्तीहरू सुधार गर्दै समाजवादी समाजको आधारधूत संरचना विनिर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पुनः प्राप्त भएको छ । यो चानचुने अवसर होइन ।
त्यसो त जति बिग्रनु र बिगार्नु थियो पहिला पहिलाकै संयन्त्रहरूले बिगारिसकेका छन् । त्यसो हुनाले नेपालको राजनीति बिग्रिने भयो भन्ने चिन्ता पटक्कै होइन । बरु नसुध्रिने भयो भन्ने चाहिँ हो । किनभने प्रचण्ड प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि उनका सहकर्मी र सहयोद्धाहरूको संयन्त्र सुन तस्करीमा पुनः सक्रिय भएको हो कि भन्ने आशङ्का पैदा भएको छ ।
अब प्रचण्ड सरकार र यो गठबन्धन क्रान्तिको कार्यक्रमलाई जड विचार, भ्रष्ट आचरण र व्यवहारबाट मुक्त गरी समाजवादी समाजको विनिर्माणमा लगाउने हो कि भ्रष्टाचारी र सुन तस्करसितै सति जाने हो ? यसैमा सरकार र पार्टीहरूको भविष्य निर्भर रहन्छ ।
माओवादी केन्द्रका नेताहरू अहिले जनतासित टुटेको सम्बन्ध पुनः जोड्ने तीन महिने अभियानमा छन् । सम्बन्ध सुध्रियोस् । जनताले क्षमादान गरुन्, शुभकामना छ ! खुशीको कुरो उक्त अभियानबाट अब पुराना जड विचार र सैद्धान्तिक कुरा गरेर नयाँ पुस्ता माओवादीमा आकर्षित हुँदैन भन्ने व्यवहारिक ज्ञान प्राप्त भएका समाचारहरू बाहिर आइरहेका छन् । यो माओवादी केन्द्रको हकमा मात्रै होइन । जड विचार र भ्रष्ट आचरणले कुनै पनि राजनीतिक पार्टीमा आजका युवा पुस्ता- जो राष्ट्रको हित चाहन्छ- लाई आकर्षित गर्नेवाला छैन ।
अहिले नेपालका पुराना राजनीतिक पार्टीहरूको चरित्र ‘जड विचार र भ्रष्ट आचरण र व्यवहार’ हो । यही चरित्रको कारण उनीहरूको जनाधार दिनानुदिन काजोर हुँदै गएको छ । स्मरणीय छ, पापको घडा भरियो भने एक दिन फुट्छ नै । हिजोका राज्यसत्ताहरूले पनि आफ्नो विनाशको बाटो आफैंले खनेका थिए । आज जननिर्वाचित प्रतिनिधिहरूकै हातबाट लोकतान्त्रिक मूल्य र मान्यहरूको हत्या गर्ने काम भैरहेको छ । नेताहरू निजी स्वार्थमा लिप्त छन् । अध्ययन र चिन्तन गर्ने संस्कृति हराएको छ । उखान टुक्काबाट पार्टीहरू चलेका छन् । अनि कहाँबाट जन्मियोस् विचार ? कहाँबाट पाऊन् पार्टीहरूले मार्गदिशा ?
नेपालका ठूला र सत्ताको बागडोर सम्हालिरहेका पार्टीहरूकै व्यवहारले नेपाली राजनीतिलाई दूषित बनाइराखेको छ । यस्तो लाग्छ, नेपालका राजनीतिक पार्टीहरू भ्रष्टाचारी र कालाबजारी उत्पादन गर्ने कारखाना हुन् । हामीसित धेरै सवल पक्ष हुँदाहुँदै पनि राष्ट्र दिनानुदिन दुर्वल र निम्छरो हुँदै गएको छ । पार्टीका नेताहरूका यस्ता प्रकारका दृष्टिकोणले नयाँ नेपालको मार्गचित्र कोर्न सक्दैन ।
त्यसोभएको हुनाले हाम्रै विश्वविद्यालयहरूले नेपाली भूमिमा उभिएर, नेपाली राजनीतिको चरित्रको ठोस अध्ययन गरेर, पार्टीहरूले अङ्गीकार गरेका विचार र सिद्धान्तहरूको कठोरतापूवर्क विश्लेषण र संश्लेषण गर्न जरुरी छ । यो नै वर्तमान सरकार र लोकतान्त्रिक पार्टीहरूको चुनौतीपूर्ण कार्यभार हो । हाम्रा आचरण र व्यवहारकै कारणले गर्दा मान्छेमा विचारप्रति नै वितृष्णा पैदा भैरहेको छ । किनभने विचार र सिद्धान्तमा उत्पालनशीलता नै छैन ।
हिजोका राज्यसत्ताहरूले पनि आफ्नो विनाशको बाटो आफैंले खनेका थिए । आज जननिर्वाचित प्रतिनिधिहरूकै हातबाट लोकतान्त्रिक मूल्य र मान्यहरूको हत्या गर्ने काम भैरहेको छ । नेताहरू निजी स्वार्थमा लिप्त छन् । अध्ययन र चिन्तन गर्ने संस्कृति हराएको छ । उखान टुक्काबाट पार्टीहरू चलेका छन् । अनि कहाँबाट जन्मियोस् विचार ? कहाँबाट पाऊन् पार्टीहरूले मार्गदिशा ?
हामीले लिने विचार र सिद्धान्तले नेपाली जनताको गाँसबासको व्यवस्था किन गर्न सकेन ? पर्याप्त जमिन, जल र श्रम हुँदाहुँदै पनि हामी किन कृषिमै परनिरभर बन्दै छौं ? निजी क्षेत्रका व्यवसायीहरूले केही नयाँ गर्न खोजेको सुइको पाउनेबित्तिकै नेपालको कर्मचारीतन्त्रदेखि केन्द्रीय बैंकसम्म कसरी उनीहरूको ढाड भाँच्ने र विदेशी उत्पादनको प्रवर्द्धन गर्ने भनेर नीति नियमहरूको कोर्रा लिएर आइ पुगिहाल्छन् ।
किन यस्तो हुन्छ ?
किन यस्तो हुन्छ भने अध्ययन गर्ने, चिन्तनमनन गर्ने मान्छे नेतृत्वमा पुग्नै छोडे । जसोजसो कर्मचारी उसैउसै स्वाहा गर्दै गयो भने गोजी पनि भरिने, मान सम्मान पनि पाइने ! मन्त्री भएर काठमाडौंमा घर र एउटा सानदार गाडी पनि चढ्न सकेन भने जनताको नजरमा ऊ नामर्द नेता कहलिन्छ । अर्कोचोटि उसले भोटै पाउँदैन । प्रदीप गिरी भन्ने गर्थे, ‘पजेरो सुविधा गलत हो । यसले पार्टी र राजनीतिलाई भ्रष्ट, विकृत बनाउँछ भनेर विरोध गरेको । विरोध गर्ने सबैले निर्वाचन हार्यौं ।’
के नेपालका निजी क्षेत्रसित पैसा नभएर र नेपालमा कच्चापदार्थको अभाव भएर मल-बीउ, गुन्द्रुक, दाँत कोट्याउने सिन्का, लुगा झुण्ड्याउने ह्याङ्गर उत्पादन गर्ने कारखाना नखुलेका हुन् ? विल्कुलै होइन । नेपाल सरकार र उनीहरूले लिने अर्थनीति उद्योगमैत्री नभएका कारणले त्यस्ता उद्योगहरू नखुलेका हुन् । हाम्रो आर्थिक नीतिहरू ‘छोरीलाई कोठीमा राखेर आदर्श बुहारीको विज्ञापन गरे जस्तो लाग्छ’ । .अथवा जुन देशमा स्वदेशी लगानीकर्तालाई राज्यले चुसेर बेहाल बनाएको छ, त्यस्तो देशमा वैदेशिक लगानी कसरी भित्रिन्छ ? उद्योग व्यवसायहरू कसरी फस्टाउँछन् ? लगानीकर्ताहरू कसरी उत्साहित हुन्छन् ?
जहाँका राजनीतिक विचार र सिद्धान्तहरू अव्यवहारिक हुन्छन्, त्यहाँको राज्यसत्ता निशाचर बनेर जनतालाई तर्साउन थाल्छ । विचारकहरू धोबीको गधा जस्तो बहुलाएर मारिनुपर्छ । त्यसैले होला आजभोलि मान्छेहरू पार्टीको विचार गोष्ठी देखेर तर्सिन थालेका छन् । किनभने प्रस्तुत गरिने विचार र सिद्धान्तले मान्छेको जीवनलाई छुँदै छुँदैन । जहाँका जनता र उनीहरूको व्यवसाय भगवान भरोसाा बाँच्नुपर्छ, त्यहाँ सरकार र राज्यको के काम ?
यस्तो लाग्छ, नेपालका राजनीतिक पार्टीहरू भ्रष्टाचारी र कालाबजारी उत्पादन गर्ने कारखाना हुन् । हामीसित धेरै सवल पक्ष हुँदाहुँदै पनि राष्ट्र दिनानुदिन दुर्वल र निम्छरो हुँदै गएको छ । पार्टीका नेताहरूका यस्ता प्रकारका दृष्टिकोणले नयाँ नेपालको मार्गचित्र कोर्न सक्दैन ।
धोबीको गधाको एउटा रोचक कहावत छ । धोवीले एउटा कुकुर र एउटा गधा पालेको हुन्छ । एकदिन कुकुर मालिकसित रिसाउँछ । खानओर्न छोडेर सुतीमात्रै रहन्छ । राति चोर आउँछ । रिसाएको कुकुर भुक्दै भुक्दैन । गधाले सोच्छ, मालिकलाई म नै बिउँझाइदिनु प¥यो । त्यसपछि गधा कराउन थाल्छ । धोबीले गधा कराएको अशुभ ठान्छ । उठेर आउँछ र गधा बहुलायो भनेर कुट्न थाल्छ । कुट्दाकुट्दै गधा मर्छ । पछि भित्र गएर हेर्दा पो थाहा पाउँछ । चोरले त सबै मालमत्ता बेपत्ता पारिसकेको हुन्छ । सम्पत्ति पनि स्वाहा । गधा पनि मर्छ ।
नेपालका विश्वविद्यालयका विचारकहरू, प्रध्यापकहरूको अवस्था लगभग कथामा भनिएको धोबीको गधाकै जस्तो छ । अब पार्टीहरूमा कस्ता मान्छे मारिए कस्ता मान्छेको उदय भयो भनेर नामै किटेर लेख्यो भने त सञ्चार जगतलाई छाप्नै गाह्रो हुँदोर‘छ । उहाँहरूलाई पनि किन अप्ठेरो पार्नु ? तर, हामीले देखेका छौं, विचारकहरू पागल बनाएइका छन् । पार्टीबाट लखेटिएका छन् । फन्टुस र लन्ठुहरूले पार्टी कब्जा गरेर बसेका छन् । आफैंले आफूलाई राजनेता हुँ भन्दै बुरुकबुरुक उफ्रिन्छन् । र्यालसिङ्गान काढ्दै कुर्चीमै सुत्छन्, कुर्चीमै मुत्छन् । राज्यले उनीहरूकै जयगान गाउनुपर्छ । राजश्री ठाँटमा उनीहरूकै जन्मोत्सव मनाउनुपर्छ ।
पछिल्लो समय सकारात्मक कुरो के देखिएको छ भने जनताले विकल्प खोजी गर्ने आँट गर्न थालेका छन् । त्यसो भएको हुनेले वर्तमान सरकार र सरकारमा सहभागी पार्टीहरूको लागि यो समय भनेको विचार र सिद्धान्तलाई व्यवहारिक कसौटीमा राखेर परख गर्ने, त्यसलाई समय सान्दर्भिक र जनताको हितको पक्षपाती कसरी बनाउने भनेर विश्वविद्यालयहरूमा विमर्श चलाउने र आफ्नो आचरण र व्यवहारलाई सुधार गर्ने ऐतिहासिक अवसर र चुनौती हो ।
पार्टीहरूले आफूलाई समयानुकूल अपडेट गर्न सकेनन् भने आफैं असान्दर्भिक हुँदै जान्छन् । तर, खतरनाक कुरो चाहिँ के देखिन्छ भने विश्वविद्यालयले उत्पादन गरेका विचारकहरू अवसरको खोजीमा देशै छोडेर भाग्नुपर्ने, पार्टीभित्रका विचारकहरू धोबीको गधा जस्तै मारिनुपर्ने र असान्दर्भिक मान्छेहरू चाहिँ नेता बनेर देशलाई चुसिरहने अवस्था आएको छ । यसले देशै पो असान्दर्भिक हुने हो कि भन्ने डर चाहिँ निःसन्देह बढेको छ । यस मामिलामा नेताभन्दा बढ्ता जनता नै सचेत हुनपर्ने देखिन्छ ।
(लेखक कटुवाल हाल साउदी अरबको जेद्धामा छन् ।)
देशको पक्षमा ईमानदार बन्यौं।
आयातित मुद्दा र प्रायोजित पात्रलाई चिनौं।
राष्ट्रको स्वार्थमा आ-आफ्ना क्षमता र विवेक प्रयोग गरौं।
शैक्षिक र आर्थिक मुद्दामा केन्द्रीत हौं।
देश समृद्ध बनाउने जग तयार गरौं।
गणतन्त्र कि राजतन्त्र भन्ने गफमा नफसौं।
नियन्त्रित अस्थिरता बढाउन सहयोगी नबनौं।
पहिले प्रचण्डले क्रान्ति भनेर देशलाई झुक्याए अनि नियन्त्रित अस्थिरता बढाउने आधार बनाए। देशको बहुमूल्य समय र सीमित साधन श्रोत द्वन्द्वमा लगाए अनि युवा मनोविज्ञानलाई भ्रष्ट पनि बनाए। अहिले बालेन र रवीहरू पनि त्यसै गर्दैछन् तर रूप र माध्यम भने फरक छ, उद्देश्य उही छ। अब त बुद्धिको बिर्को खोलौं!