भारतले अस्ट्रेलियालाई दियो ४०० रनको लक्ष्य, गिल र अय्यरले बनाए शतक – Nepal Press

भारतले अस्ट्रेलियालाई दियो ४०० रनको लक्ष्य, गिल र अय्यरले बनाए शतक

नयाँ दिल्ली । अस्ट्रेलियाविरुद्ध जारी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत दोस्रो खेलमा भारतले ४०० रनको लक्ष्य दिएको छ ।

भारतको होल्कर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ‌ओभरमा ५ विकेट गुमाएर ३९९ रन जोड्यो । भारतका श्रेयस अय्यर र सुभमन गिलले शतक बनाए । अय्यरले १०५ र गिलले १०४ रन बनाएका हुन् ।

केएल राहुलले ५२, सूर्यकुमार यादवले ७२ र इसन किसनले ३१ रन बनाए । अय्यर र गिलबीच दोस्रो विकेटका लागि २०० रनको साझेदारी भएको थियो ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले ४१८ रनसम्म बनाएको इतिहास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *