तस्बिरमा हेर्नुस् एमाले बागमती प्रदेश अधिवेशनस्थलतर्फ गइरहेको र्याली
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनअघि काठमाडौंको ६ ठाउँबाट र्याली निकालिएको छ । भृकुटीमण्डपमा हुने अधिवेशनको उद्घाटनअघि बागमती प्रदेशको जिल्लाहरूबाट नेता कार्यकर्ता काठमाडौंका ६ ठाउँमा जम्मा भएर र्याली निकालेका हुन् ।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् ।
अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौंका १३२ जना छनोट भएका छन् त्यसैगरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् ।
अधिवेशनको बन्दसत्र भोलिबाट सुरू हुनेछ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा विद्युतीय मतदान गराउने तयारी आयोजकको छ ।