एमाले कोशीको सचेतकमा कमला दर्नाल नियुक्त
नेपाल प्रेस
२०८० असोज ८ गते १४:१२
विरानगर । नेकपा ( एमाले) कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त भएकी छन् ।
सचेतक सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएपछि खाली रहेको सचेतकमा कमला दर्नाललाई पठाइएको हो । उनी तेह्रथुमबाट समानुपातिक तर्फकी सांसद हुन् । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले कमलालाई सचेतक नियुक्त गरेका हुन् ।
यसअघि प्रमुख सचेतकमा भने रेवतीरमण भण्डारी नियुक्त भएका छन् । आजै मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्देछन् । ४ बजे नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ राखिएको छ ।
प्रतिक्रिया