गुल्मीमा पहिरोले पुरिएर घर बनाउँदै गरेका एक जनाको मृत्यु, दुई घाइते
नेपाल प्रेस
२०८० असोज ८ गते १६:१४
रुपन्देही । गुल्मीको तम्घासमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर प्यूठानको गौमुखी गाउँपालिका- ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक एसपी नवीनकिशोर प्रधानका अनुसार रेसुङ्गा नगरपालिका-३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै मृत्यु भएको हो ।
पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्यूठानको गौमुखी- ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर