हुन्डाइको विद्युतीय गाडी सार्वजनिक, एक पटक चार्ज गरेपछि ३०५ किलोमिटर गुड्ने – Nepal Press

हुन्डाइको विद्युतीय गाडी सार्वजनिक, एक पटक चार्ज गरेपछि ३०५ किलोमिटर गुड्ने

काठमाडौं । हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल नयाँ कोना जीएल इलेक्ट्रिक सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ राखेको छ ।

कोना ईभीको इन्ट्री भेरियन्ट जीएल ५९ लाख ९६ हजार र जीएल-एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ । विद्युतीय गाडीहरुको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सर्वाधिक सफल इलेक्ट्रिक मोडल कोनाको जीएल भर्सन ल्याएको हो ।

नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ । नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको छ । नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी यसमा भएको मुख्य परिमार्जन हो ।

हुन्डाइ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि-सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।

हुन्डाइ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर