एमाले बागमती अधिवेशन : निर्वाचन कार्यक्रम संशोधन, ६ बजेदेखि मतदान – Nepal Press

एमाले बागमती अधिवेशन : निर्वाचन कार्यक्रम संशोधन, ६ बजेदेखि मतदान

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम फेरि संशोधन गरिएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीका अनुसार अब साँझ ६ बजेपछि मतदान हुनेछ । यसअघि पनि कार्यतालिक पटक पटक परिवर्तन हुँदै आइरहेको छ ।

अहिले उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर छानबिन निर्णय, उम्मेदवारको नामावलि प्रकाशन, उम्मेदवारी फिर्तालगायतको कार्यक्रम चलिरहेको छ । ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि ६ बजे निर्वाचन जनाइएको छ ।

प्रदेश कमिटीको अध्यक्ष पदमा चारजनानको उम्मेदवारी गरेको छ । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।
सचिवमा ४ र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर