एमाले बागमतीमा सहमतिको प्रयास असफल, अध्यक्षदेखि सदस्यसम्म को-को छन् मैदानमा ? (सूचीसहित)
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्षका लागि अब दुईजनामात्र मैदानमा देखिएका छन् । तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । उम्मेदवारी फिर्ता लिनेमा केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी छन् ।
अब अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ ।
उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ ।
कृष्ण र कैलाश दुवैजना पदाधिकारीमा प्यानल बनाएर जाने तयारीमा छन् । बिहान १० बजेटबा मतदान सुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताए ।
हेर्नुस् उम्मेदवारहरूको अन्तिम नामावलीको सूची