एमाले कर्णाली प्रदेश अधिवेशन : अध्यक्षमा पाँच जनाको उम्मेदवारी
सुर्खेत । वीरेन्द्रनगरमा बुधबारदेखि जारी नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।
सहमतिमा नेतृत्व चयनका लागि गरिएका प्रयास असफल भएपछि निर्वाचन कार्यक्रम सुरु भएसँगै पाँच जनाले अध्यक्षमा दाबी गरेका हुन् । जारी मनोनयन दर्तामा अध्यक्षका लागि पाँच जनाले उम्मेदारी दिएका हुन् ।
निर्वाचन अधिकृत अधिवक्ता रामबाबु विसीले दिएको जानकारीअनुसार गुलाबजंग शाह, मिन बहादुर शाही, राज बहादुर शाही, प्रेम बहादुर सिंह र प्रकाश रोकायले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । साह सल्यान, राजबहादुर दैलेख र अरू तीन जना कालिकोटका हुन् ।
मनोनयन दर्ताका लागि साँझ ७ बजेसम्म समय रहेको निर्वाचन अधिकृत विसीले जानकारी दिए । उनका अनुसार उमेद्वारको अन्तिम नामावली आजै राति हुनेछ भने मतदान भोलि हुनेछ । पाँच पदाधिकारी र १ सय ३० सदस्यगरी १३५ सदस्कयीय मिटि चयन हुनेछ ।