एमाले कोशीमा सचिवमा २ जनाको उम्मेदवारी
नेपाल प्रेस
२०८० असोज १३ गते १८:५६
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सचिव बन्नका लागि अहिलेसम्म दुई जनाको मनोनयन दर्ता भएको छ ।
सचिव पदका लागि उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारीले उम्मेदवारी दिएका छन् ।
लामा अहिलेका उप सचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन ।
अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाको उम्मेदवारी परेको छ ।
अन्य पदका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरिरहेका छन् ।
उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।
मतदान भने भोलि बिहान ११ बजेबाट हुने छ ।
प्रतिक्रिया