यस वर्षको मदन पुरस्कार विवेक ओझाको ‘ऐठन’ लाई, टेकवीरलाई जगदम्बा
नेपाल प्रेस
२०८० असोज १४ गते ११:३४
काठमाडौं । यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐठन’ लाई प्रदान गर्ने घोषणा गरिएको छ । आज बसेको मदन पुरस्कार गुठीको वैठकले सो निर्णय गरेको हो ।
यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ ।
यसअघि मदन पुरस्कारकाे सूचीमा ५ पुस्तक छनाैट भएका थिए। सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठान र द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेका थिए ।
मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार/चार लाख रुपैयाँ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर