नारिता-काठमाडौं उडानमा सिट खाली हुँदा पनि टिकट नदिएकोबारे के भन्छ नेपाल एयरलाइन्स ? – Nepal Press

नारिता-काठमाडौं उडानमा सिट खाली हुँदा पनि टिकट नदिएकोबारे के भन्छ नेपाल एयरलाइन्स ?

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानबाट नेपाल आएको जहाजको टिकट खाली हुँदा पनि टिकट प्याक भएको भनेर सिट क्षमताभन्दा कम यात्रु ल्याएको विषयमा अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

जापानको नारिताबाट काठमाडौं उडान भरेको नेपाल एयरलाइन्सको आएर ए ४३४ को जहाजले २६५ जना सिट क्षमता भएकोमा १९० जना यात्रु लिएर नेपाल आएको थियो । यात्रुले टिकट काट्न ट्राभलमा जाँदा टिकट छैन भनेको तर जहाज सिट क्षमताभन्दा थोरै यात्रु ल्याएको भनेर चर्काे विरोध भएको हो ।

जापानबाट नेपाल आएको सरकारी जहाजले सिट खाली राखेर टिकट नदिएको भन्दै यात्रु श्री गुरुङले सामाजिक सञ्जालमा असन्तष्टि पोखेका थिए ।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमा, ‘सत्य बोल्छु तथ्य लेख्छु । २५ सेक्टेम्बर २०२३ सोमबार नारिता काठमाडौं १०ः३० बजेको उडान, यो खबर नेपाल सरकारलाई सिट खाली छ । तर, ट्राभलमा टिकट सोधे प्याक, गरिब माथि गरिब बनाउने भयो मेरो देश नेपाललाई, श्री पशुपति नाथले हामी सबैको कल्याण गरोस्’, लेखेका छन् ।

पश्चिमान्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष, पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा तमु धीं जापानका पूर्व अध्यक्ष समेत रहेका गुरुङले सामाजिक सञ्जालमा विमानको सिट खाली रहेको तस्बिर राख्दै लेखेका थिए ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेललाई नेपाल प्रेसले २५ सेक्टेम्बर २०२३ सोमबार नारिता काठमाडौंको उडानमा सिट खाली हुँदा पनि किन नेपाली यात्रुलाई टिकट नदिएको भनेर प्रश्न गर्दा यात्रुले गलत हल्ला फैल्याएको दाबी गरे ।

उनले भने, ‘एक जना व्यक्तिलाई कुनै एयरलाइन्सले प्रयोग गरेर हुँदै नभएको स्टाटस लेख्न लगाएको रहेछ । हामीले पनि फेसबुकमा चर्चा भएपछि के हो भनेर बुझेका थियौं । हामीले फेसबुकमा स्टाटस लेख्ने व्यक्तिलाई नै बोलाएर सोधेपछि उनले अरुले लेख्न लागएको बताए । अब आइन्दा यस्तो गल्ती नगर्ने वाचासमेत ती व्यक्तिले गरेका छन् । यो घटना अलि पहिलेको पनि हो ।’

नेपाल एयरलाइन्सको टिकट वेबसाइटमा गएर यात्रा गर्ने व्यक्तिले नै काट्न सकिन्छ । त्यो पनि आफुलाई असहज भए अफिसमा नै आएर टिकट काट्न सकिने पौडेलले बताए ।


प्रतिक्रिया

3 thoughts on “नारिता-काठमाडौं उडानमा सिट खाली हुँदा पनि टिकट नदिएकोबारे के भन्छ नेपाल एयरलाइन्स ?

  1. सायद २०४९/५० सालतिर तत्कालिन शाहि नेपाल वायु सेवा निगमकाे जहाजबाट open Ticket लाइ ok गर्न जाँदा counter मा सिट प्याक भयकाे जानकारि दियकाे र भित्र Rana थर भयका हाकिमलाइ हामि पर्यटन मन्त्रालयका हाै काठमाडाै फर्किने भाेलि तर बाहिर काउण्टरले सिट प्याक भन्याे याे साँचाे हाे भनेर question गर्दा खुरुक्क टिकट conform गरिदियाे र हामि भाेलिपल्ट उड्याै तर मैले boing मा बसिसकेपछि चित्त नबुझेर पछाडि फर्केर हेर्दा आधा मात्र सिट भरियकाे थियाे । यसरि नेवानि डुवाउने ति कर्मचारि हुन जस्ले त्यहि सेक्टरमा अन्य कम्पनिकाे हवाइजहाज उडछ त्यताबाट कमिसन खायकै कारण याे हालतमा नेवानि छ । नत्र २००६ सालमा स्थापना भयकाे Thai Airways र नेपाल वायुसेवा निगमकाे हालत दाँजेर हेर्दा भ्रष्ट र कमिशनखाेर कर्मचारि र नेताकै कारण देश याे हालतमा छ । तिमिहरुकाे कालाे दिनकाे प्रतिक्षामा छाै हामि देशभक्तहरु । खबरदार बचाउ कसैले नगरेहुन्छ । मसँग अरु domestic sector Lukla काे पनि तिताे अनसभब छ ।

  2. यो पुरानै रोग हो। कमिसनको खेलमा हाम्रो जहाजको सिट फूल भनेर अरू एयरलाइन्सलाई सिट बेचेर कमिसन खाने पुरानो रोग।

  3. जुनसुकै बहाना बनाएपनि भ्रष्ट कर्मचारीलाई बर्खास्त गर्नुपर्छ। कमिसनले देशै डुबायाे, सचेत बनाै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *