एसियाडमा महिला कबड्डीतर्फ नेपालको पदक जित्ने सम्भावना बढ्यो
नेपाल प्रेस
२०८० असोज १५ गते १०:१२
काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालको पदक जित्ने सम्भावना बढेको छ ।
७ टोलीको मात्र सहभागिता रहेको महिला कबड्डीको आफ्नो पहिलो खेलमा नेपालले सोमबार बंगलादेशलाई हराएपछि नेपालले पदकको खडेरी चिर्ने सम्भावना देखिएको हो ।
नेपाल रहेको समूहमा इरान पनि छ । इरानसँग हारेपनि नेपाल सेमिफाइनल पुग्न सक्ने सम्भावना बलियो छ । सेमिफाइनल पुग्ने टोलिको कम्तीमा कास्य पदक पक्का हुने छ । बंगलादेशले समूहकै सबैभन्दा बलियो टोली इरानसँग खेल्न बाँकी छ । नेपालले बंगलादेशलाई ३७-२४ ले पराजित गर्यो ।
नेपालले जारी एसियाडमा पदक जित्न सकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर