हिमालयन रि-इन्स्योरेन्सको सीईओ बन्दै उपासना पौडेल – Nepal Press

हिमालयन रि-इन्स्योरेन्सको सीईओ बन्दै उपासना पौडेल

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल बन्ने भएकी छन् । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेललाई सीईओ बनाउन कम्पनीले बीमा प्राधिकरणमा पत्र पठाइसकेको छ । प्राधिकरणले स्वीकृत गरेपछि उनी सीईओ बन्नेछिन् ।

पौडेल हाल सो कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत छिन् । यसअघि कम्पनीको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए । रामामुर्थीले गत सातामात्रै राजीनाम दिएका थिए ।

पौडेले तत्कालीन युनाइटेड इन्स्योरेन्सको सीईओ भएर काम गरिसकेकी छन् । उनी नेपालको बीमा क्षेत्रको पहिलो महिला सीइओ पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर