१० ओभरमा भारतको सय रन पूरा, दीपेन्द्रले लिए पहिलो विकेट – Nepal Press

१० ओभरमा भारतको सय रन पूरा, दीपेन्द्रले लिए पहिलो विकेट

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले सय रन पुरा गरेको छ।

भारतले १० ओभरमा एक विकेट गुमाएर एक सय ४ रन जोडेको छ। भारतले एक सय ३ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले विकेट लिए। रुतुराज गाइक्वाड २५ रनमा आउट भए। यसस्वी जैसवाल ७३ रनमा खेल्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *