सुन प्रकरणमा महरासँग सीआईबीले लियो बयान
नेपाल प्रेस
२०८० असोज १६ गते २१:५०
काठमाडौं । सुन प्रकरणमा जोडिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग प्रहरीले बयान लिएको छ । मंगलबार साँझ महरासँग केन्द्रीय अनुसन्धान ब्यूरो- सीआईबीले बयान लिएको हो ।
भेपमार्फत भएको सुन तस्करीमा महराको नाम जोडिएको थियो । यही प्रकरणमा महराका छोरा राहुल प्रहरी हिरासतमा पुगेका थिए । भेपमार्फत ल्याइएको सुन छुटाउन चिनियाँ गिरोहसँग महरा बाबु छोराको सम्पर्क देखिएपछि उनिहरुलाई अनुसन्धानमा तानिनु पर्ने माग हुँदै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर