नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त
नेपाल प्रेस
२०८० असोज १७ गते १९:४९
काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगिता पहाडीलाई दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दोस्रो वरियतामा रहेकी पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि पौडेल निलम्बनमा परेका छन् । नयाँ प्रबन्ध निर्देशक नियुक्त नहुदाँसम्मका लागि पहाडीलाई कामु प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर