म्यान सिटी र बार्सिलोना विजयी, पीएसजी हार्यो
लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूहगत चरणका खेलमा बुधवार राती साबिक विजेता म्यानचेस्टर सिटी र पूर्व विजेता बार्सिलोनाले जित हात पारेका छन्।
पेरिस सेन्ट जर्मन-पीएसजी भने न्युकासलको मैदानमा ४-१ गोलले पराजित भयो।
आरबी लेइपजिगको मैदानमा उत्रिएको म्यान सिटी ३-१ गोलले विजयी भयो। उसका लागि फिल फोडेन, जेरेमी डोकु र जेभियर अल्भारेजले गोल गरे।
दोस्रो हाफको सुरुवातमै १-१ गोलको बराबरीमा फर्किएको लेइपजिगले त्यसलाई कायम राख्न सकेन। २ खेलबाट ६ अंक भएको म्यान सिटी समूहको शीर्षस्थानमा छ।
बार्साले एफसी पोर्टोमाथि १-० को कठिन जित हात पारेको हो। बार्साका फेरान टोरेसले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।
लगातार दोस्रो जितसहित बार्सा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ।
अर्को खेलम न्युकासलले फ्रान्सको लिग च्याम्पियनमाथि सुरुवातबाटै दबाब बनाएको थियो।
पहिलो हाफमा २-० गोलले अगाडि रहेको न्युकासलले दोस्रो हाफ सुरु भए लगत्तै अर्को गोल थपेको थियो।
३-० गोलले पछाडि परेको अवस्थामा पीएसजीले १ गोल फर्काएको थियो।
समूहमा २ खेलपछि न्युकासलको ४ र पीएसजीको ३ अंक छ।