विद्युत् विधेयक प्रतिनिधि सभामा पेश
नेपाल प्रेस
२०८० असोज १८ गते १७:२४
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक पेश गरेका हुन् ।
विद्युत उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए ।
विद्युत विधेयक पेश गरेपछि प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर