राष्ट्रिय टीमबाट खेल्ने नेपाल प्रहरीका ५ क्रिकेटरलाई आईजीपीद्वारा सम्मान (तस्बिरहरु)
काठमाडौं । राष्ट्रिय टीमबाट खेल्ने नेपाली प्रहरीका ५ जना क्रिकेटरलाई महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरले सम्मान गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा २०२३ सेप्टेम्बर २३ देखि चीनमा जारी ‘१९ औं एशियन गेम्स’ मा राष्ट्रिय पुरुष क्रिकेट टिममा रहेका नेपाल प्रहरीका ५ जना खेलाडीहरूलाई कुँवरले सम्मान गरेका हुन् ।
उनीहरुमध्ये नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका दिपेन्द्र ऐरीले सेप्टेम्बर २७ मा भएको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलिया विरुद्धको खेलमा पहिलो ६ बलमा ६ छक्का प्रहार गर्नुका साथै ९ बलमा अर्ध शतक पुरा गरी विश्व कीर्तिमान् रचि देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई विशेष बढुवा पनि गरिएको छ ।