विद्यालयको नाम बार्सा, चेल्सी, लिभरपुल राखेकोप्रति बास्कोटाको आपत्ति (भिडिओ) – Nepal Press

विद्यालयको नाम बार्सा, चेल्सी, लिभरपुल राखेकोप्रति बास्कोटाको आपत्ति (भिडिओ)

शिक्षा विधेयक पुनर्लेखन गर्न माग

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले शिक्षा विधेयक पुनर्लेखनको आवश्यकता भएको बताएका छन् ।

विधेयकमाथि छलफलको क्रममा उनले शैक्षिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन आवश्यक भएको बताए ।

उनले भने, ‘भाषण गरेर हुँदैन । नीतिगत, राज्यको क्षमता र प्राइभेट सेक्टरको आठ सय अर्ब लगानीको पनि कसरी बन्दोबस्त गर्छौँ ती कुराहरू पनि छन् । त्यसले एउटा महाबिष्फोटको रूपमा होइन महाप्रस्थान र देश निर्माणको एउटा जग बसाले कोशेढुंगा बनाउने गरी विधेयकलाई अगाडि बढाउनुपर्छ । सरकारले गलत गरेको छ व्यापक छलफल गर्नुपर्थ्यो । व्यापक परिमार्जन आवश्यक छ ।

विद्यालयका नामहरू बार्सा, चेल्सी, लिभरपुल राखेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘के यहाँ सगरमाथा छैन ? जनक छैन ? केही पनि छैन। केही कुरा व्यवस्थित छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर