प्रचण्डलाई शेखरको प्रश्न–जातीय राज्य तपाईंको खल्तीबाट दिने हो ? कांग्रेसले यस्तो अराजक प्रधानमन्त्री किन बोक्ने ? (भिडिओ) – Nepal Press

प्रचण्डलाई शेखरको प्रश्न–जातीय राज्य तपाईंको खल्तीबाट दिने हो ? कांग्रेसले यस्तो अराजक प्रधानमन्त्री किन बोक्ने ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथिको प्रहारलाई अझ बढाउँदै लगेका छन् । केही दिनयता प्रधानमन्त्रीलाई अराजकको संज्ञा दिइरहेका डा.कोइरालाले प्रचण्डले चाहदैमा नेपालमा जातीय राज्य सम्भव नहुने बताएका छन् ।

नेपाली कांग्रेस गोरखाको शहीद लगन–काठमाडौं गाउँ सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा।कोइरालाले सडकमा लाखौं मान्छे उतार्छु भनेर प्रधानमन्त्रीले कसलाई धम्की दिएको भनि प्रश्न समेत गरे । कोइरालाले कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री यस्तो अराजक बनेपछि उनलाई किन मान्ने भन्ने प्रश्न समेत गरे ।

कोइरालाले भने–गोरखाबाटै निर्वाचित भएको प्रधानमन्त्रीले सडकमा लाखौं मान्छे उतार्छु भनेर धम्की दिइरहेका छन् । उनी देशको प्रधानमन्त्री हुन् कि पार्टीको अध्यक्ष रु यसरी गैरजिम्मेवारी बोल्न मिल्दैन । उनले विराटनगर गएर २०८४ मा माओवादीलाई जिताउनुस्,म जातीय राज्य दिन्छु भने । के प्रधानमन्त्रीले खल्तिबाट जातीय राज्य निकालेर दिने हो रु उहाँले पहिलो संविधान सभामा जातीय राज्य दिएको होइन ? उहाँले चाहदैमा हुँदैन र यो देश जातीय,धार्मिक र साम्प्रदायिक हिसाबले मिलेको देशलाई भाँड्ने अराजक कुरा गर्न मिल्दैन ।

डा.कोइरालाले देशमा फैलिएको अराजकता रोक्ने हैसियत नेपाली कांग्रेसमा मात्र रहेकाले अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला आएको बताए । उनले धरान,मलंगवा हुँदै नेपालगञ्जसम्मका घटनाले अराजकताको संकेत गरेकाले अब कांग्रेसले नेतृत्व लिने बेला भएको बताए ।

डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई व्यक्तिवादी चिन्तन त्याग्न आग्रह समेत गरे । नेतृत्वलाई सच्चिनुपर्छ भन्नेहरुले आफू पनि सच्चिन आवश्यक रहेको भन्दै कोइरालाले स्थानीय चुनावमा कांग्रेसले कांग्रेसलाई भोट नदिएका कारण शहिद लखन गाउँपालिकामा हारेको समेत बताए ।

सो कार्यक्रममा गोरखा १ बाटै निर्वाचित सांसद राजेन्द्र बजगाईले कांग्रेस रुपान्तरणको अभियान हरेक व्यक्तिले आफैैंबाट सुरु गर्न आवश्यक रहेको बताए । कार्यक्रममा चीनकाजी श्रेष्ठलगायतका नेताहरुले समेत सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर