मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भेटे भारतीय रक्षामन्त्री
काठमाडौं । भारत भ्रमणमा रहेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
भारतको राजधानी नयाँदिल्लीमा अध्यक्ष अन्सारीले रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेको मुस्लिम आयोगले जनाएको छ । भेटमा दुई मुलुकबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भेटमा शिक्षा क्षेत्रमा भएका घटनाबारे पनि कुराकानी भएको अध्यक्ष अन्सारीले जानकारी दिए ।
अध्यक्ष अन्सारीले नेपालमा स्थिरतासँगै विकास र समृद्धिका लागि धेरै काम भएको जानकारी दिँदै छिमेकी मुलुक भारतबाट सहकार्य र सहयोग हुने अपेक्षा गरे ।
भेटमा भारतीय रक्षामन्त्री सिंहले नेपाल र भारतबीच सदियौँदेखि जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गरे ।