शीतल निवास अगाडिबाट कृष्ण पहाडीसहित १३ मानव अधिकारवादी पक्राउ (तस्बिरहरू)
२०८० असोज २२ गते १३:१०
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीसहित १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् ।
मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागीहरू पक्राउ परेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोडेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग राख्दै समाजले आन्दोलन गर्दै आइरहेको छ ।
प्रदर्शनमा नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।
संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिएका सजाय माफीको विषय निकै विवादित बनिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर