एडीबीका पूर्वअध्यक्षले भने- नेपालमा युवा जनशक्ति परिचालन गरे आर्थिक विकास हुन्छ – Nepal Press

एडीबीका पूर्वअध्यक्षले भने- नेपालमा युवा जनशक्ति परिचालन गरे आर्थिक विकास हुन्छ

काठमाडौं । एसियाली विकास बैंकका पूर्वअध्यक्ष प्राध्यापक हारुहीको कुरोदाले नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्ने बताएका छन् ।

चीन, जापान, ताइवान, कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्क्रिय जनशक्ति बढेको भन्दै उनले नेपालमा भने यस्तो समस्या नरहेको बताए ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)संग खबर हबले गरेको युवासँगको अन्तरसंवादमा कुरोदाले मानव स्रोत नै नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र रहेको उल्लेख गरे ।

नेपालसँगै दक्षिण एवम् दक्षिण पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदरको समस्या नरहेको भन्दै उनले मानव मस्तिष्कको उपयोगमा लाग्न सुझाव दिए ।

नेपाली विद्यार्थीहरु विदेश गइरहेकोतर्फ सङ्केत गर्दै कुरोदाले भने, ‘पूँजी, प्रविधि, शिक्षा र सीपको विकास गरी त्यो जनशक्तिलाई आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ । छिमेकी चीन र भारतजस्ता मुलुकले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काएर आर्थिक विकासमा फड्को मारेको उदाहरणलाई नेपालले पछ्याउन जरुरी छ ।’

एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक प्रतिवद्धतासँगै अग्रसरता आवश्यक भएको बताए ।

सो अवसरमा सहभागी विद्यार्थीहरुले विश्व अर्थतन्त्र र त्यसबाट नेपाललाई पर्ने प्रभावका विषयमा राखेका जिज्ञासाको प्राध्यापक कुरोदाले जवाफ दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर