बजार अनुगमनबाट २१ दिनमा सरकारले उठायो ४९ लाख, १९७ बिक्रेता कारबाहीमा
काठमाडौं । सरकारले २१ दिनमा ४२ प्रकारको सामान बेच्ने पसलमा अनुगमन गरेको छ । ५९७ वटा पसलमा गरिएको अनुगमनमा १५९ वटा पसललाई जरिवाना गरको हो । सबैभन्दा धेरै खाद्य वस्तु बेच्ने पसल कारबाहीमा परेका छन् ।
६२ वटा खाद्य वस्तु बिक्री गर्ने पसलबाट मात्रै १९ लाख जरिवाना उठाएको हो । देशभर नै २१ दिनमा वाणिज्य विभाग अन्तर्गत रहेका कार्यालयहरुले अनुगमन गरको हुन् ।
६२ वटा खाद्य वस्तुमा १९ लाख ५० हजार र अन्य १७ वटा वस्तुमा ७ लाख २० हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, १६ वटा किराना पसलमा ६ लाख ५५ जहार, १० वटा तरकारी तथा फलफूलमा १ लाख ६० हजार, ८ वटा माछा मासुमा ७५ हजार जरिवाना गरेको हो ।
७ रेडिमेड तथा थान कपडामा १ लाख ७ हजार, ५ हार्डवयरमा ९० हजार, ५ जुत्ता चप्पलमा ४५ हजार ४ मार्ट ‘मिनि मार्ट’ मा ५५ हजार, ४ मिठाइमा ३५ हजार, ४ वटा भाँडाकुडामा ३५ हजार, ४ विविधमा २ लाख ७० हजार, २ पानीमा ३ लाख, १ फेन्सी पसलमा ५० हजार, १ होटल तथा रेस्टुरेन्टमा ५ हजार, १ मदिरा एवम सूर्तिजन्यमा ५ हजार, १ इलेक्ट्रिकल/इलेक्ट्रोनिक्समा ५ हजार, १ फर्निचर एण्ड फिक्चर्स ५ हजार, १ ग्यास स्टोरमा ५ हजार, १ एग्रोभेट तथा बिउ बिजन भण्डारमा १५ हजार, १ ग्रोसरीमा २० हजार, १ उद्योगमा ५० हजार, १ कस्मेटिकमा २० हजार र १ पेट्रोल डिजल मट्टीतेल बिक्री गर्ने पम्पलाई ५० हजार रुपैयाँ जरिवाना गरीएको छ ।
मूल्यसूची नराखेको, अखाद्य वस्तु बिक्री गरेको र ग्राहकलाई ठगी गरेको पसल, मार्ट र पम्पलाई कारबाही गरिएको वाणिज्य विभागले बताएको छ ।