गुणस्तरहीन पानी भेटिएपछि त्रिकोण वेभरेजलाई एक लाख जरिवाना तिराइयो
नेपाल प्रेस
२०८० असोज २३ गते १७:३३
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिकोण वेभरेज इन्डस्ट्रिजलाई एक लाख रूपैयाँ जरिवाना तिराएको छ । बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित यो कम्पनीले जार तथा बोतलको पानी उत्पादन गर्दै आएको थियो ।
मंगलबार महानगरको बजार अनुगमन समितिले इन्डस्ट्रिजलाई एक लाख जरिवाना तिराएको हो ।
अब उप्रान्त जारमा पानी भर्नुअघि निर्मलीकरण गर्न र पानी परीक्षणको रिपोर्ट प्रत्येक महिना ढुवानीकर्तालाई उपलब्ध गराउनसमेत कम्पनीलाई सचेत गराइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर