भेपमा सुन तस्करी : राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर, यस्तो छ सजाय मागदाबी (पूर्णपाठ)
काठमाडौं । विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी गरेको अभियोगमा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राहुल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौं बस्ने दावा छिरिङ र काठमाडौंका निमा गुरुङलाई प्रतिवादी बनाएको छ । प्रतिवादी ४ मध्ये निमा फरार छन् ।
उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो । उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
प्रतिवादीहरूलाई कसुरको प्रकृतिअनुसार बिगोको आधारमा ३ देखि ५ वर्षसम्मको सजाय मागदाबी गरिएको छ ।
यस्तो छ उनीहरूमाथिको अभियोग पत्र