एमाले सुदूर पश्चिम अधिवेशन : सहमतिको प्रयास जारी, क-कसले लिए उम्मेदवारी फिर्ता ? – Nepal Press

एमाले सुदूर पश्चिम अधिवेशन : सहमतिको प्रयास जारी, क-कसले लिए उम्मेदवारी फिर्ता ?

कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनको लागी सहमति भइरहेको छ । ५ पदाधिकारीमा २३ जनाको उम्मेदवारी परेको थियो । तर अहिले धमाधम उम्मेदवारी फिर्ता भइरहेको छ ।

अहिलेसम्म अध्यक्षमा चार उम्मेदवार मध्ये १ जनाले फिर्ता लिएका छन् । उपाध्यक्ष ६ उम्मेदवार मध्ये ३ जनाले फिर्ता लिएका छन् ।

सचिवका ४ मध्ये १ जनाले फिर्ता लिएका छन् । उपसचिव महिलाबाट ३ जनाको उम्मेदवारी कायमै छ ।खुल्ला तर्फ ६ मध्ये १ जनाको उम्मेदवारी फिर्ता भएको छ ।

स्रोतका अनुसार अध्यक्षमा अछामका कृष्ण प्रसाद जैशी, उपाध्यक्षमा बाजुरा कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कैलालीका नेपालु चौधरी र कञ्चनपुरकी कलशा महरालाई सर्वसम्मत बनाउने तयारी छ ।

त्यस बाहेकका उम्मेदवारलाई मनाउने तयारी छ । अहिले प्रदेशका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

अध्यक्षमा कमल तिमिल्सिना र उपाध्यक्षमा बलदेव रेग्मी, हराजीसिंह साउद र रणबहादुर महराले फिर्ता लिए ।

सचिवमा जीवन बम र उपसचिवमा पल्लव राज भट्टले फिर्ता  लिएका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर