पीएसको टिप्पणी- समाजवादी मोर्चा माओवादी र एसको पहिरो रोक्ने ड्याममात्रै – Nepal Press

पीएसको टिप्पणी- समाजवादी मोर्चा माओवादी र एसको पहिरो रोक्ने ड्याममात्रै

'एमालेलाई चौतर्फी हमला छ, गुटबन्दी त्यागौं'

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समाजवादी मोर्चा एमालेविरुद्ध बनेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशका निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै एमालेलाई धेरैले निशाना बनाइरहेको भएकाले गुटबन्दी त्यागेर काम गर्न निर्देशन दिए ।

उनले भने, ‘कांग्रेसभित्र निर्वाचन प्रणाली परिवर्तन हुनुपर्छ भन्ने माग भइसक्यो त्यो भनेका आन्दोलनको उपलब्धि र संविधानमाथि चौतर्फी हमला छ । भारतले त्यसबेलामा पनि आफूले भनेजस्तो संविधान बनाएन भनेर नाकाबन्दी लगाएको थियो । त्यसैले हामीमाथि ठूलो चुनौती छ, त्यसको सामना गर्नको लागि एमाले बलियो हुनुपर्छ । एमाले आन्तरिकरूपमा पनि बलियो हुनुपर्छ चुनाव एउटा प्रक्रिया थियो सकियो अब पार्टीको काममा लाग्नुपर्छ ।’

अन्य पार्टीका नेताहरूलाई पार्टीमा आकर्षण गर्न केन्द्रित हुन पनि उनले निर्देशन दिएका छन् ।

गुरुङले भने, ‘माओवादीको पार्टी सदस्यभन्दा समानुपातिकमा कम भोट आयो रे कस्तो पार्टी र सदस्य बनाएको हो ? माओवादी सबैभन्दा कमजोर यही गण्डकी प्रदेशमा हो । एकीकृत समाजवादी पनि यही छ । जनयुद्धको बेलामा पनि हामीले राम्रो काम गरेको भएकाले माओवादीको प्रभाव पर्न दिएका थिएनौं । जब माओवादीले गण्डकीबाटै जनयुद्ध थालेको थियो ।’

नेकपा हुँदादेखि नै पार्टीभित्रको विवादमा पनि फरक विचार राख्ने समेट्दै विभाजनको सामना गरेको स्मरण गरे ।

उनले भने, ‘अब बाँकी रहेका एकीकृत समाजवादीलाई पनि एमालेमा ल्याउनुपर्छ । माओवादीका धेरै छैनन् । जसपाको पनि । समाजवादी मोर्चा सबै पार्टीभित्र गइरहेको पहिरो रोक्ने चेकड्याम मात्रै हो । समाजवादी मोर्चा न विदेशि शक्तिसँग केन्द्रित छ न कांग्रेसतिर, त्यो हाम्रो विरुद्ध निशाना बनाइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर