लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दशैं आयो’ योजना – Nepal Press

लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दशैं आयो’ योजना

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘दशैं आयो’ योजना सार्वजनिक गरेको छ ।

बैंकले ल्याएको पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सन्राइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमश २५० र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ। क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ ।

त्यस्तै, बैंकले ल्याएको अर्कौ अफर ‘शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १ हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ। यो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहनेछ ।

अर्को योजना ‘खाउँला पिउँला’ मा फुडमान्डु एपबाट अर्डर गरी बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा वा २ सय रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ। जहाँ योजनामा असोज् २८ गते देखि कात्तिक १२ गते सम्म लागु हुनेछ ।

त्यसैगरी, केएफसी को र पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने छ भने ‘रमाईलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा यस बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनिमार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५ सय रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ ।

बैंकका अनुसार क्यासब्याक अफरहरुबाहेक असोज २५ गते देखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ । यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि ५० हजार रुपैयाँभन्दा बढि रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ ।

बैंकले परम्परागत रूपमा दशैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न (जस्तै मिठो खान(पिन, भ्रमण, शपिङ्ग तथा रमाईलोलाई) ध्यानमा राखी योजना ल्याइएको बैंकले जनाएको छ । यहि असोज १८ देखि सुरु भएको अफर कार्तिक ३० गतेसम्म लागू हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर